गुल्मीका पत्रकार घिमिरे ५० हजार राशीको सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित

0
670

सूर्य सुनार
असार २५,२०७८ गुल्मीःनेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरे लुम्बिनी प्रदेश सरकारले सम्मान गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको संचाकर्मी सम्मान कार्यक्रममा सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार जनार्दन घिमिरे सम्मानित भएका हुन् ।
ग्रामिण क्षेत्रमा रहेर लामो समयदेखी पत्रकारिता गर्दै आएका पत्रकार घिमिरेलाई लुम्बिनी प्रदेश सरकारले एक कार्यक्रमका विच विहीबार बुटवलमा सम्मान गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले नगद ५० हजार र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
पत्रकारिताको क्षेत्रमा काम गर्दै आउनुभएका पत्रकार घिमिरेलाई लुम्बिनी प्रदेश सरकारले उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो । पत्रकार घिमिरेले जिल्लामा पत्रकारिताको क्षेत्रमा लामो समय देखी सक्रिय भई काम गर्दै आएका छन् ।

SHARE