जिल्लामै पहिलो बलिथुम स्वास्थ्य चौकी पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण

0
1594

तिलाचन पाण्डे
असार२५,२०७८गुल्मीः गुल्मीमै पहिलो पटक बलिथुम स्वास्थ्य चौकी पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण भएको छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्वर एकमा रहेको बलिथुम स्वास्थ्य चौकीले पोषण सम्बन्धी विभिन्न १६ वटा सूचकहरु पुरा गरेकाले पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण गरिएको हो ।
वडा भित्र कोही पनि बालबच्चाहरु कुपोषणका नरहेको,नियमित रुपमा खोप र बच्चाको तौल लिने गरेको,गर्भवती महिलाहरुले नियमित रुपमा आइरन चक्की खानेगरेको र आमा तथा शिशुहरुलाई पोषण सम्बन्धी परामर्श दिने गरेको हुनाले पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए ।

स्वास्थ्य संस्थालाई पूर्ण पोषणमैत्री घोषण गर्दै गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले स्वास्थ्य संस्थालाई घोषण मात्रैमा सीमित नराख्न आग्रह गरिन् । उनले जिल्लामै पहिलो हुने अबसर संगै चुनौती पनि भएकाले स्वास्थ्य सस्थालाई अझै परिस्कृत बनाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
यस्तै पोषण संगै गाउँपालिकासंगको सहकार्यमा काम गरिरहेको एकिकृत ग्रामीण बिकास समाज सुआहाराका पोषण अधिकृत लीलबहादुर नेपालीले गुल्मी जिल्लामै पहिलोपोषण मैत्री स्वास्थ्य संस्था घोषण गर्न ठूलो अबसर भएको बताए ।
उनले असार २३ गतेलाई पोषणमैत्री दिबसका रुपमा मनाउन सके अझै राम्रो हुने तर्क गरे ।
कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।

SHARE