प्लाष्टिक घरमा तरकारी खेती सम्बन्धी ३ दिने तालिम सिमिचौरमा सम्पन्न

0
961

हेमु पाण्डे उदासी
असार २५,२०७८ गुल्मीःरेसुङ्गा नगरपालिका वडा नम्बर १० का कृषकलाई ३ दिने प्लाष्टिक घरमा तरकारी खेती बिषयमा तालिम दिइएको छ ।
रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग र सिमिचौर साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा कृषकलाई ३ दिने तालिम दिइएको हो । आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रम अन्र्तगत कृषकलाई ३ दिने तालिम प्रदान गरिएको सिमिचौर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गिता बस्नेतले जानकारी दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदमप्रसाद अर्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान आग्रह गरे । तालिम सिकेर मात्र होइन यस लाई व्यवासायिक तर्फ लैजानु पर्ने कुरामा वडाध्यक्ष अर्यालले जोड दिए । अनुदानमा प्लाष्टिक टनेल वितरण गरिने हुदाँ सही सदुपयोग गर्न वडाध्यक्ष अर्यालले आग्रह गरे । कृषि पेशामा आवद्ध रहेर व्यवासायिक कृषी कर्म गर्दै आउनुभएका उत्कृष्ट कृषकलाई नगरपालिका द्धारा सम्मान गर्ने बताए ।
रेसुङ्गा नगरपालिकाको ५० हजार र कृषकको ५० हजार गरी एक कृषकले ५ वटा टनेल बनाउनुपर्ने बताइएको छ । २५ जना कृषकलाई प्लाष्टिक घरमा तरकारी खेती बिषयमा तालिम दिइएको थियो । तालिममा सहभागि भएका कृषकलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष पदमप्रसाद अर्याल, सिमिचौर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गिता बस्नेत, वडा सचिब रेखा अर्याल, पत्रकार हेमु पाण्डे उदासी र कृषकहरुको उपस्थित रहेको थियो ।

SHARE