वर्षाका कारण घर भत्केर मृत्यु भएको परिवारलाई राहत प्रदान

0
302
फाइल फोटो

असार २५
दाङ : अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी ३ महिने बिन्दु चौधरीको परिवारलाई जिल्ला प्रशासन दाङ र घोराही नगरपालिकाले राहत प्रदान गरेको छ। मृतकका बुवा आशाराम चौधरीलाई घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट २ लाख र उपमहानगरको तर्फबाट किरिया खर्च २५ हजार गरी २ लाख २५ हजार प्रदान गरेका थिए।

बिहीबार घोराही उपमहानगरपालिका १७ क्वाडी स्थित घर भत्किँदा चौधरीको मृत्यु भएको थियो। उक्त घटनामा आमा र दिदी घाइते भएका थिए। दिदीको खुट्टामा गहिरो चोट लागेको छ, भने आमाको हात भाँच्चिएको छ। सुतिरहेको बेला वर्षासँगै आएको हावाका कारण घरसँग रहेको गोठ घरमा ठोक्किन गई घर भत्केको थियो। त्यस्तै प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बू कुरुम्बाङ, जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेलगायत पीडितको घरमै पुगेका थिए।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले पनि चौधरी परिवारलाई गैर खाद्य राहत सामग्री वितरण गरेको छ।

SHARE