अर्जैका कृषकलाई प्लाष्टिक टनेल घर संगै कृषि सामग्री

0
848

असार २५,२०७८ गुल्मी : अर्जैका कृषकहरुलाई प्लाष्टिक टनेल घर संगै कृषि सामग्रीहरु प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेश र अर्जैका कृषकहरुको साझेदारीमा तरकारी प्रर्बद्धन कार्यक्रम मार्फत अर्जैका ३७ जना किसानहरुलाई जाली सहितको टनेल घर निर्माण ,सिंचाइका लागि एक हजार लिटरका ट्याङकी, थोपा सिंचाई, बिउँ पल लगायत बिषादीहरु प्रदान गरिएको वडा अध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए ।
प्रदेश सरकारको आठलाख र कृषकहरुको आठलाख लगानीमा , मिलिजुली कृषि तथा पशुबिकास महिला सहकारी मार्फत कृषकहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
कृषकहरुलाई कृषि र पशुपालनको माध्यमबाट आत्म निर्भर बनाउन सकिने भन्दै गाउँपालिकाले कृषि र पशुपालनलाई जोड दिइएको वडा अध्यक्ष गिरीको दाबी छ ।

SHARE