मालिकाले भैंसी खरिद गर्ने किसानलाई ५० प्रतिशत अनुदान दियो

0
1182

डिबी खड्का
असार २३ गुल्मी : जिल्लाको मालिका गाउँपालिकाले उन्नत जातको भैंसी खरिद गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिएको छ ।
गाउँपालिकाको भैंसी प्रर्वद्धन कार्यक्रम अन्र्तगत किसानलाई व्यवसायिक पशुपालन तर्फ आकर्षित तथा प्रोत्साहन गर्ने उदेश्यले अनुदानमा उन्नत जातको भैंसी वितरण गरिएको वडा नम्वर( ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
उनले भने “किसानलाई ५० प्रतिशत तथा ५५ हजार सम्म अनुदान गाउँपालिकाले दिन्छ किसानले आफैले रोजेर आफुलाई मन पर्नी उन्नत जातको भैंसी ल्याउनु हुन्छ ” ।
यस कार्यक्रम बाट व्यवसायिक रुपमा गाई तथा भैंसी पाल्दै आएका वडा नम्वर ६ अर्जेका १७ जना किसान समेटिएका छन् । भने १२ जना किसानले उन्नत जातको भैंसी खरिद गरिसकेका छन् । अन्य किसान खरिदको प्रक्रियामा रहेका छन् ।

भैंसी प्रर्वद्धन कार्यक्रम बाट किसानहरु पनि उत्साहीत भएका छन् । मालिका गाउँपालिका ६ अर्जे फुलबारी किसान जुद्ध खत्रीले भने “म यो कार्यक्रम बाट खुसी छु महिले एक लाख ३० हजारमा मलाई मन परेको भैसीं ल्याए मलाई पालिकाले ५५ हजार दिने भनेको छ “।

गाउँपालिकालाई दुधमा आत्मर्नीभर तथा किसानलाई कृषी क्षेत्रमा प्ररेणा मिलोस भनेर यो कार्यक्रम अघि सारिएको र गाउँपालिकाका अन्य वडाहरुमा पनि विस्तार गर्ने गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए । उन्नत जातको भैंसी पालन गर्दा किसानको आम्दानी संगै आयस्तरमा वृद्धी हुने गाउँपालिकाले अपेक्षा राखेको छ । त्यस्तै किसानको सहजताको लागी सोहि वडाको रातीपोखरीमा दुध डेरी सञ्चालन गर्ने योजना गाउँपालिकाको रहेको छ ।

SHARE