गुल्मी आर्युवेद स्वास्थ्य केन्द्रले पत्रकारहरुलाई आर्युवेद औषधी दियो

0
557

सूर्य सुनार
असार २३
गुल्मी : गुल्मी आर्युवेद स्वास्थ्य केन्द्र उपल्लो तम्घासले जिल्लाका संञ्चारकर्मीहरुलाई रोगप्रतिरोधात्मक शक्ति बढाउने आर्युवेद औषधी वितरण गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा एक कार्यक्रमका बिच महासंघका अध्यक्ष टोपलाल अर्याललाई औषधी हस्तान्तरण गरिएको थियो । कोरोना भाइरस संग लड्न सक्ने क्षमता भएको आर्युवेद औषधी नेपाल पत्रकार महासंघ मार्फत जिल्लाका संञ्चारकर्मीहरुलाई दिइएको थियो ।
गिलोय चुर्ण २० फाइल, मुलेठी चुर्ण २० फाइल, अश्वागन्धा २० फाइल आर्युवेद औषधी वितरण गरिएको थियो । एक चम्चा औषधीलाई विहान वेलुका चिया जस्तो पकाएर खाने हो भने यसले शरीरमा रोगप्रतिरोधात्मक शक्ति बढाउने काम गर्ने गुल्मी आर्युवेद स्वास्थ्य केन्द्रकी कार्यालय प्रमुख अचर्ना शुक्लाले बताउनुभयो । त्यस्तै ज्वरो कम गर्ने १० फाइल महासुदर्शन चुर्ण वितरण गरिएको कार्यालय प्रमुख शुक्लाले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जिल्लामा रहेका संञ्चारकर्मीलाई कोरोनाको महामारीको समयमा आर्युवेद औषधी वितरण गरि रोगप्रतिरोधात्मक शक्ति बढाउने औषधी सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो । गुल्मी आर्युवेद स्वास्थ्य केन्द्र उपल्लो तम्घासले जिल्लामा राम्रो काम गरे पनि प्रचारको कमी भएको कुरा उल्लेख गर्दै यस संस्थालाई आम नागरिक संग लैजानु पर्ने कुरामा जोड दिनुभयो ।
गुल्मी आर्युवेद स्वास्थ्य केन्द्र उपल्लो तम्घासले यस अघि जिल्लाका विभिन्न पालिकाहरुलाई आर्युवेद औषधी वितरण गरिसकेको छ । यदी रोगप्रतिरोधात्मक शक्ति बढाउने औषधी चाहिएमा कार्यालयमा सम्पर्क गर्ने आग्रह समेत गरिएको छ ।

SHARE