वडागाउँ स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

0
409

सूर्य सुनार
असार २३
गुल्मी : स्वास्थ्य संस्थाको सामाजिक परिक्षण तथा समिक्षा कार्यक्रम बडागाउँ स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । गत आर्थिक वर्ष ०७६÷०७७ को बडागाउँ स्वास्थ्य चौकीको सामाजिक परिक्षण तथा समिक्षा कार्यक्रम बडागाउँ स्वास्थ्य चौकीमा सम्पन्न भएको वडा सदस्य शंकर रायमाझीले जानकारी दिनुभयो । सामाजिक जागरण अभियान गुल्मीको आयोजना र मुसिकोट नगरपालिकाको सहयोगमा बडागाउँ स्वास्थ्य चौकीको सामाजिक परिक्षण गरिएको वडा सदस्य रायमाझीले बताउनुभयो ।
बडागाउँ स्वास्थ्य चौकीका कार्यालय प्रमुख मनोज श्रेष्ठले कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रगति विवरणमा वडागाउँ स्वास्थ्य चौकीले हाल सम्म स्वास्थ्यको क्षेत्रमा गरेका कामको चर्चा गर्नुभएको थियो । स्वास्थ्य संस्थाले कामको पार्दशी, कामको प्रभावकारिता, सरोकावालाहरु प्रति जवाफदेही, सार्वजनिक दायित्व निर्वाह गर्ने उदेश्यले वडागाउँ स्वास्थ्य चौकीले सामाजिक परिक्षण कार्यक्रम गर्दै आएको छ । कोरोना भाइरस विश्व रुपमा फैलिरहेको समयमा पनि बिरामीहरुको उपचारको लागि २४ औ घण्टा स्वास्थ्यकर्मीहरु सेवामा लागि परेको वडागाउँ स्वास्थ्य चौकीका कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।
बडागाउँ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कर्णवध्ज जिसीले स्थानीय तहको निर्वाचन पछि वडामा स्वास्थ्यको क्षेत्रमा देख्न सक्ने गरी विकास भएको बताउनुभयो । वडा कार्यालय द्धारा वडाको स्वास्थ्यको क्षेत्रमा विकास गर्न आफनो नेतृत्वको टिम लागि परेको बताउनुभयो । जनप्रतिनिधी, स्वास्थ्य स्वंमसेवीका तथा सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

SHARE