सूर्य सुनार, असार २२
गुल्मी : प्रोजेक्ट होप भैरहवाको सहयोगमा गुल्मी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोभिड १९ को द्रोस्रो चरणको कोरोना माहामारी समुदायस्तरमा फैलिरहेको समयमा नागरिकको ज्यान बचाउने उदेश्यले जिल्लामा स्वास्थ्य सामग्री सहयोग गरिएको हो । स्वास्थ्य सामग्रीको अभावमा मृत्यृ दर बढन थालेपछि प्रतिष्ठानले सहयोग जुटाउन थालेको प्रतिमान निमा स्मृती प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले बताउनुभयो ।
लुम्बिनी प्रदेशमा रहेका ३ वटा प्रादेशिक अस्पताल र १० वटा जिल्ला अस्पताल गरी १३ वटा सरकारी अस्पतालमा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । माक्स, सेनिटाइजर , ग्लोप्स, पिपिइ लगाएका स्वास्थ्य सामग्री गुल्मी अस्पताललाई वितरण गरिएको प्रतिमान निमा स्मृती प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले बताउनुभयो ।
कोरोना भाइरसको संक्रमण बढि रहेको समयमा बिरामीको ख्याल गरिरहेका स्वास्थ्यकर्मीहरुको ज्यान बचाउन स्वास्थ्य सामग्री सहयोग गरेकोमा गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पच्याले धन्यवाद व्यक्त गर्नुभयो । आगमी दिनमा पनि सहयोगको अपेक्षा गरेको मेसु डाक्टर पच्चाले बताउनुभयो ।
स्वार्गिय वडाहाकिम प्रतिमान चन्द बोहरा नेपालको २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान गरेका प्युठानका बोहराको बारेमा कार्यक्रममा उल्लेख गरिएको थियो ।