गुल्मी सुनचाँदी व्यवसायी संघद्धारा नेपाल राष्ट्र बैँकलाई ज्ञापन पत्र

0
537

सूर्य सुनार, गुल्मी असार २०
गुल्मी सुनचाँदी व्यवसायी संघद्धारा नेपाल राष्ट्र बैँक लाई ज्ञापन पत्र पठाइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीका साहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारी मार्फत राष्ट्र बैँकलाई ज्ञापन पत्र पठाइएको हो ।
सुनचाँदी व्यवसायिका लागि आवश्यक पर्ने कच्चा पदार्य सुनको आपूर्ती प्रयात्त मात्रमा नदुदाँ सुनचाँदी व्यवसायमा गम्भिर असर परेको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सुनको आपूर्तीमा लागु गरिएको कोटा प्राणालले गर्दा गहनाको माग बढ्ने समयमा ग्रहकहरुको मागलाई थेग्न सक्ने मात्रामा सुनको आपूर्ती नहुदाँ सुनको कालोबजारी गर्ने गिरोहले अवसरको फाइदा उठाइरहेको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको हो । कालो बजारीले ग्रहक व्यवसायि र राज्यलाई समेत हानी पुयाउने भएकाले यस्तो प्रवृतिलाई निरुत्साहित गर्न र निर्मल पार्ने उपयुक्त निती बनाइ सुनको आपुर्तीलाई बैज्ञानी र परदशी बनाउन माग गरिएको नेपाल सुनचाँदी व्यवसायि संघ जिल्ला कार्य समितिका अध्यक्ष रामु सुनारले हस्तक्षण गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
कोटा प्रणाली अनुसार बिक्री वितरण गर्न प्राणालीले समय समयमा सुन अप्रात्त हुने र बजारमा सुनको माग कम हुदाँ बैँकमा सुन मौजदातको अन्त्यको लागि कोटा प्राणाली खारेज गर्न माग गदै जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत राष्ट्र बैँक लाई ज्ञापन पत्र पठाइएको हो ।
साहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले आजै नेपाल राष्ट्र बैँक कार्यालयमा पठाउने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन सुनचाँदी व्यवसायिहरु रामु सुनार, दिपक सुनार, झविन्द्र सुनार, ज्ञानेन्द्र सुनार, गोपाल सुनार , कृष्ण सुनार र सुर्वण बराल लगाएका व्यवसायिहरुको उपस्थित रहेको थियो ।

SHARE