सूर्य सुनार गुल्मी असार २०
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र पठाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीका साहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारी मार्फत लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो । लुम्बिनी प्रदेश सरकारले संञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले संञ्चार माध्यमहरुको हकहितको रक्षा गर्नको सट्टा पत्रकारहरुलाई दण्डजरिवाना देखी जेलसंजायसम्मको प्रधान लिइएको प्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो । संञ्चारकर्मीहरुले हिजो खेलेका भूमिका चटक्क विर्सिएर र मिडियाकर्मीहरु माथि कानुनी डण्डा चलाउने सोच विधेयकमा प्रष्ट भएकाले यस्तो विधेयकलाई मुख्यमन्त्रीको हिसाबले तत्काल सरोकारवाला संग छलफल गरेर संञ्चारमैत्री विधेयक निर्माण गर्न माग गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले हस्तक्षण गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यद्यपी सरकार यही अवस्थामा अघि बढेमा नेपाल पत्रकार महासंघले थप आन्दोलनका कार्यक्रम प्रदेशभरी नै संचालन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।