बैतडीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

0
240

असार २०
बैतडी : सिगास गाउँपालिका(३ लगनमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

आइबार बिहान भएको दुर्घटनामा १० जना घाइते भएका छन्। जसमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

मृत्यु हुनेमा सिगास(३ का ४५ वर्षीय मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेका प्रहरी निरीक्षक खड्काले बताए। घाइतेहरू सबै वडा नम्बर ३ कै हुन्।

से १ ज ७ सय ३९ नम्बरको जिप बिहान साढे ९ बजेतिर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल अस्पताल पठाउने तयारी भइरहेको छ।

SHARE