रेसुङ्गा नगरपालिकाद्धारा कृषकलाई कृषि औजार प्रदान

0
1106

सूर्य सुनार
असार १९।२०७८ गुल्मीः गुल्मीको रेसुङ्गा नगरपालिकाले मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत कृषकलाई कृषि औजार वितरण गरेको छ ।
मुख्यमन्त्री ग्रामिण विकास र रेसुङ्गा नगरपालिकाको बार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि औजार तथा यन्त्र उपकरण वितरण गरिएको हो । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत सिँचाइ हिलट्याङ्गकी १ सय वटा, प्लाष्टिक टनेल ११५ वटा, मिनिटिलर ८ वटा गरी २२३ जनालाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
रेसुङ्गा नगरपालिकाको बार्षिक कार्यक्रम अन्र्तगत मिनिटिलर ४० वटा, प्लाष्टिक टनेल ११५ वटा, च्यापकटर १५ वटा कन सेलर १२ वटा र प्लाष्टिक पोखरी १५ वटा गरी १९७ जनालाई अनुदानमा कृषि औजार सामग्री वितरण गरेको हो ।
रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले नगरपालिकाले वितरण गरेका कृषि औजार सामग्रीलाई सही सदुपयोग गर्न आग्रह गरे । परम्परागत रुपमा कृषि कर्म गदै आएका कृषकलाई आधुनिक कृषि प्राणालीमा लैजान विभिन्न समयमा कृषि औजार सहयोग गरिएको भुसालको दाबी छ ।
नगरपालिकाले कृषकले उत्पादन गरेका बस्तु खरिद गर्न घरमै पुगिरहेको समयमा कोरोना भाइरसले गर्दा हाटबजार संचालन गर्न असहज बातावरण सिर्जना भएको नगरप्रमुख भुसालले बताए । स्थानीय तहको निर्वाचन पछि रेसुङ्गा नगरपालिकाले विकासका काममा फड्को मारेको उल्लेख गरे ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम र रेसुङ्गा नगरपालिकाको बार्षिक कार्यक्रम अन्र्तगत व्यवसायिक रुपमा कृषि कर्म गरिरहेका कृषकलाई कृषि औजार वितरण गरिएको जानकारी दिए । विशेष गरी दलित, जनजाति र कृषि कर्म व्यवसायिक रुपमा गरिरहेका कृषकलाई वितरण गरिएको उनको भनाई छ । यस वर्षमा समाबेश हुन नसकेका कृषकलाई आगमी कार्यक्रममा समावेश गराइने प्रमुख प्रशासकिय अधिकृत मरासिनीले बताए ।
रेसुङ्गा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष पदमप्रसाद अर्यालले कृषि औजार पाएका कृषकलाई कृषि कर्म गर्न सहज हुने बताए।
कृषि औजार पाए पछि कृषि कर्म गर्न सहज हुने कृषकको भनाई छ । नगरपालिकाले बार्षिक रुपमा कृषि व्यवसाय गरिरहेका कृषकलाई विभिन्न समयमा अनुदानका कार्यक्रम अन्र्तगत सहयोग गर्दै आएको छ ।

SHARE