संक्रमणका कारण १९ जनाको मृत्यु

0
329

असार १९,२०७८काठमाडौं :शनिबार २ हजार ३ सय २८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २७ र ४ हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४ दशमलब ३ प्रतिशत पुगेको छ। यो अवधिमा १९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ।

SHARE