छत्रकोटमा ७ सय अमलाका बिरुवा लगाइयो

0
261

असार १८
गुल्मी : पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रम गुल्मी जिल्लामा प्रभावकारि बन्दै गएको छ । देशमा बेरोजगारिको समस्या हल गर्न अगाडी सारिएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई गुल्मीमा बिभिन्न बिकासका कार्यक्रममा जोड् दिदै आइरहेको छ ।

यसैक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध व्यक्तिहरुलाई लगाइरहदाँ गुल्मीको छत्रकोट गाउँपालिका ५ खर्ज्याङमा रहेको दुम्कीबास सामुदायिक बनको ४ रोपनि क्षेत्रफलमा भने करिव ७ सय अमलाका विरुवा लगाइएको वडा अध्यक्ष कृष्ण पन्तले बताए । अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री रोजगार कार्यकमका १७ जनाले ५ दिन लगातार खाल्डाहरु खनि बिरुवा लगाईएको हो ।

खालि जङ्गल र अमलाले राम्रो उत्पादन दिने क्षेत्र भएका कारणले अमलाका विरुवाहरु लगाउँन बिशेष प्राथमिकता दिएर विरुवा लगाइएको वडा अध्यक्ष पन्तले बताएका छन ।

SHARE