रेसुङ्गा नगरपालिकाको प्रशासनिक भवन साउनदेखी संचालनमा आउने

0
708
रेसुंगा नगरपालिकाको तस्बिर : तिलाचन पाण्डे

सूर्य सुनार
असार १७ गुल्मी :गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीले काम ढिला गरेको कारण भवन समयमै बन्न सकेको थिएन । अहिले काम अन्तिम चरणमा आए संगै नगरपालिका नयाँ भवनमा सर्न लागेको हो ।
लामो समय देखी बन्न नसकेको भवनको काम अहिले आएर अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको भवन गुणस्तरीय बनाइएको रेसुङ्गा नगरपालिकी उपप्रमुख सिता भण्डारीले बताइन । नगरपालिकाको प्रशासनिक भवन धेरै समय पछि बनाउन सफल भएको उनले बताइन । रेसुङ्गा नगरपालिकामा अनुगमन गर्दा बिकास निर्माणका काम गुणस्तरीय भएको उपप्रमुख भण्डारीले दाबी गरिन् । हामी निर्वाचित नहुदै नगरपालिकाको भवनको काम संचालन भइरहेको हुदाँ अपाङ्गमैत्री भवन बनाउन केही समस्या भएको उनको भनाई छ ।
भवनको काम अन्तिम चरणमा पुगे संगै साउन देखी आफनौ भवनमा काम संचालन गरिने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले दाबी गरे । तम्घास गाविस हुदाँ त्यस ठाउँमा गाविस भवन बनाउन तत्कालिन समयमा १ करोड ६० लाख रकम खर्च भएको प्रमुख प्रशासकिय अधिकृत प्रमुख मरासिनीले बताए । नगरपालिका स्थापना भएपछि ३ वटा आर्थिक वर्षको रकम ५ करोड ५० लाख रकम खर्च भएको उने बताए ।
संघिय तथा सामान्य प्रशासन मन्त्रालय द्धारा रकम निकासा भई नगरपालिकाको भवन बनेको हो । नगरपालिकाको नजिक रहेका वडा कार्यालयहरुलाई नयाँ भवनमा राख्न नसकिने नगरपालिकाले जनाएको छ ।

SHARE