त्रिशुली नदीमा एक युवा बेपत्ता

0
271

असार १७
काठमाडौं : धादिङमा त्रिशुली नदीले एक युवालाई बगाएको छ।

आज बिहान माछा मार्ने गएका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशाल टार बस्ने २० वर्षीय लक्ष्मण विसुराललाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

बेपत्ता युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

SHARE