गुल्मीमा ८३९ हेक्टर क्षेत्रफलमा रोपाइँ

0
695

गिता बस्याल(पाण्डे)
असार१६,२०७८गुल्मीः गुल्मीमा ८३९ हेक्टर भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको कषि ज्ञान केन्द गुल्मीले जनाएको छ ।
जिल्लामा नौ हजार २७१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको र अहिले सम्म ८३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भै सकेको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अर्थ बिज्ञ युवराज ढकालले जानकारी दिए ।
अहिले गत बर्ष भन्दा छिटो पानी परेकाले खाली रहेका खेतहरुमा रोपाइँ भएको ढकालले बताए ।
गत बर्ष यस समय अबधिमा ७ प्रतिशत रोपाइँ भएको थियो भने अहिले ९दशमलव ५ प्रतिशत रोपाइँ भैसकेको ढकालले बताए ।
धान खेती हुने खेतहरु मध्ये धेरै स्थानका खेतहरुमा अहिले मकै रहेकाले साउनको सुरुबाट नै खेत रोपाइँको क्षेत्रफल बढ्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लाका १२ वटै स्थानीयतहमा धान खेति गरिँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
इस्मा गाउँपालिकाको चौरासी फाँट, किसानटारी, अर्जेवेशी, रोधीअरौदी, छल्दी, छिनुवा, चाँपटारी, गुर्वा निस्ती ढाणवेंशी, खहरे थापाचौर फाँटमा धान खेति गरिदैँ आएको छ ।
त्यस्तै मुसिकोट नगरपालिकाको वामीफाँट, दानसिङफाँट, कुर्घा भुवाचिदिफाँट, आपचौरफाँट, सङकौल, पौदी अमराई, दिगामचौर, पौदीअरेवा फाँटमा धान खेति हुँदै आएको छ ।
चन्द्रकोट गाउँपालिकाको शान्तीपुरफाँट, हरेवा, दम्कासोता, तुराङफाँटमा धान खेति हुँदै आएको छ । सत्यवती गाउँपालिकामा अश्लेवाफाँट, अरुङ्गाफाँट, साहाघाट, चेहमी वहादी, लिम्घा फाँटमा धान खेति हुँदै आएको छ ।
कालीगण्डकी गाउँपालिकाको अर्वेनी फाँट, हर्मिचौर, पुर्तिघाट, छापचौर, कोरेङफाँट, फोक्सिङ फाँट, जुखुमचौर, जयखानी, बेल्टारी, फोक्सिङको लमकरा, भुर्तुङ्गकोट, छापचौर, हर्मिचौरको दिहीङ फाँटमा धान खेति हुँदै आएको छ ।
रुरुक्षेत्र गाउँपालिकाको घिउँवेशी, बोहाफाँट, रिमुवा, टाहाटिमफाँट, ग्वादी वेशीका चौर फाँट, एक्लेपिपलफाँटमा धान खेति हुँदै आएको छ । मदाने गाउँपालिकाको निउरेफाँट, आठचौरफाँट, गडेराफाँट, बडाचौर, गैरीखेत, सुर्यटारी फाँटमा धान खेति हुँदै आएको छ । छत्रकोट गाउँपालिकाको खज्र्याङफाँट, मनभागफाँट, अर्घाँफाँट, वोहाफाँट, दिगामको जेर्दी फाँटमा धान खेति हुँदै आएको छ ।
गुल्मीदरबार गाउँपालिकाको कुमालटारी, अमरअर्वाथोक तलको फाँटमा धान खेति गरिन्छ । रेसुङ्गा नगरपालिकाको अर्खलेको रैदीफाँट, सावुनेटारी फाँट, पारमटारी फाँटमा धान खेति गरिन्छ ।
धुर्कोट गाउँपालिकामा गानटारी, धर्नार्जी फाँट, सिमलटारी, कुमलटारी, मानचौर, किट्नीका गौराखेत फाँटमा धान रोपाइ हुँदै आएको छ । मालिका गाउँपालिकामा विधिखोलाको फाँट, मिलटारी, किसानटारी,अर्जेको फाँटमा धान खेति हुँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

SHARE