
असार १४
सूर्य सुनार
गुल्मी : डिभिजन वन कार्यालय गुल्मीले राष्ट्रिय वृक्षारोपण कार्यक्रमको अवसरमा रेसुङ्गा नगरपालिकाको बेतुखर्कमा वृक्षारोपण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ खोला पाटा महिला सामुदायिक वनमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बेतुखर्कमा गएर बिरुवा रोपण गर्नुभएको हो । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा तेजपत्ता, सुग्धा कोकिला, कल्की लगाएका विरुबा लगाएर वृक्षारोपण दिवस मनाइएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख सापकोटाले बताउनुभयो ।
रेसुङ्गा नगरपालिका ७ मा रहेको सामुदायिक वनले केही समयपछि त्यहाँ १६ सय वृक्षारोपण गर्ने कार्यक्रम तय गरेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न तहबाट वृक्षारोपण कार्यक्रममा उपस्थित रहेको थियो ।








