बोधिसत्व विहार काठमाडौँद्धारा गुल्मीका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

0
759

सूर्य सुनार , असार १३गुल्मी:
बोधिसत्व विहार काठमाडौँ तथा कलाकार तिलक बस्नेतको पहलमा गुल्मी जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मान बहादुर मायादेवी फाउडेसनका प्रमुख मान बहादुर श्रेष्ठ र रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष खुम बहादुर खत्रीले सामग्री हस्तान्तरण गर्नुभएको हो । बोधिसत्व विहार काठमाडौँ तथा कलाकार तिलक बस्नेतको पहलमा एवंम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीको समन्वयमा जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले जानकारी दिए ।
जसमा हस्तिचौर स्वास्थ्य चौकी, दोहोली स्वास्थ्य चौकी, राडवास स्वास्थ्य चौकी, उर्लेनी स्वास्थ्य चौकी र गुल्मीदरबार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । अक्सिजन कन्सनटेटर मेसिन ५ थान , माक्स, सेनिटाइजर, थर्मल गन ५ थान , लगाएका स्वास्थ्य सामग्री सहयोग गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीका पूर्वअध्यक्ष पन्थले बताए ।
हामी नेपाली हाम्रो नेपालका प्रदेश सदस्य कृष्ण बहादुर जि.सी रुपन्देही संयोजक डम्बर बहादुर जि.सीको उपस्थित रहेको थियो । रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष खुम बहादुर खत्री, रेसुङ्गा नगरपालिकाका १२ का वडाध्यक्ष कुल बहादुर टन्डन को उपस्थित रहेको कार्यक्रमको संचालन लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीका अध्यक्ष बसन्त खत्रीले गरेका थिए। यस अघि पनि उक्त संस्थाले जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

SHARE