समाचार प्रभाब :डोजर लगाई तोडफोड गरेको राजमार्गको कल्भर्ट मर्मत

0
962

तिलाचन पाण्डे
असार १२,२०७८गुल्मीः मदन भण्डारी राजमार्ग सडक अन्र्तगतको कल्भर्ट एक बर्षमा बल्ल मर्मत भएको छ ।
गत असार १ गते खबरमार्केट डटकममा एम्बुलेन्स र सेनाको ट्रक बाढी तर्न सकेनन् भन्ने शीर्षकको समाचार प्रकाशन भए पश्चात कल्भर्ट मर्मतमा चासो दिइएको हो ।
असार १ गते राती खोलामा बाढी आएका कारण संक्रमित बोकेको एम्बुलेन्स खोला तर्न सकेको थिएन् भने नेपाली सेनाको ट्रक समेतखोला तर्न नसकि सरमुकाम तम्घास फिर्ता आएको थियो । उनै संक्रमित दम्पती मध्ये श्रीमानको उपचारकै क्रममा शुक्रबार निधन भएको छ ।
इश्मा गाउँपालिका वडा नम्बर एक हस्तिचौर झरनाको गुर्वा खोलामा गत बर्षको असार १९ गते स्थानीयहरुले घर र बस्ती जोखिममा रहेको भन्दै डोजर लगाई तोडफोड गरेका थिए ।
स्थानीयहरुले घर जग्गा डुवानमा पर्न लागेको भन्दै डोजर लगाई तोडफोड गरेपनि त्यसको नियामक निकायले भने अहिले सम्म निर्माण वा मर्मतमा केही चासो नदेखाइ बसेको थियो ।
कैयौं पटक त्यस क्षेत्र भएर ओहोर दोहोर गर्ने प्रहरी प्रशासनले पनि आँखा चिम्लेर बस्यो,त्यहीको इश्मा गाउँपालिकाले पनि कुनै चासो देखाएको थिएन । न त कल्भर्ट तोडफोड गर्नेलाई कारवाही भएको थियो न त कल्भर्ट निर्माण नै ।
बस्ती डुवानमा पर्न लागेको र खेत नै बगरमा परिणत हुन लागेकाले आफूहरुले कल्भर्ट तोडफोड गरेको स्थानीय रामप्रसाद पाण्डेले बताएका थिए ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका योजना प्रमुख शशांक मिश्राले तत्कालका लागि सो कल्भर्टमा ह्युम पाइप राखी संचालनमा ल्याएको बताए ।
तत्कालिन तम्घास सिमलटारी कार्यालयलबाट छल्दी खोला देखी १४ किलोमिटर सडक पिचका लागी टेण्डर भएको थियो । कुल १६ करोड ५८ लाख ८० रुपैँयामा सो १४ किलोमिटर सडक पिच भएको थियो । सो सडकको निर्माण एसबिए ,प्यासिफिक ,सुनिल समिर जेभीले २०७६ पुस १६ गते निर्माण सम्पन्न गरेको थियो ।
सोही सडक अन्र्तगतको कल्भर्ट करिब आठ लाख ६२ हजार ८० रुपैयाँमा निर्माण भएको योजना कार्यालय तम्घासका सब इन्जिनियर बिवस बास्तोलाले जानकारी दिनुभयो ।

SHARE