असार११,२०७८गुल्मीःगुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर एक रिडी बजारको बिनोद मोटर पार्टस ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर सोही वडाका ४० बर्षीय सुन्दर श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।