असार १०,२०७८ गुल्मीःकालीगण्डकी गाउँपालिकाले ४५ करोड ७६ लाख ९० हजार १३९ रुपैयाँको बजेट बिहीबार
सार्वजनिक गरेको छ ।
जसअन्र्तगत ९ करोड ५८ लाख ३४ हजार१३९ रुपैयाँ चालुतर्फ र १२ करोड१७ लाख १२ हजार पुँजीगत तर्फ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।
यस्तै २४ करोड १ लाख ४४ हजार सशर्त तर्फ रहेको छ ।
गाउँपालिकाले कोरोना रोकथाम , कृषि ,पशुपालन र १५ शैयाको अस्पताल निर्माणलाई बिशेष प्राथमिकता दिई बजेटको ब्यबस्था गरेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।