औषधी व्यवसायीद्धारा गुल्मी अस्पतालका बिरामीलाई स्वास्थ्य सामग्री प्रदान

0
601

हेमु पाण्डे उदासी
असार १०,२०७८गुल्मीःनेपाल औषधी व्यवसायी संघ गुल्मीले ४८ औँ स्थापना दिवस मनाएको छ । जिल्लाको सरमुकाम तम्घासमा आज एक कार्यक्रमका बिच स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा गुल्मी अस्पतालमा रहेका बिरामीहरु लाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । जसमा मास्क, सेनिटाइजर, तुथ पेष्ट ब्रस लगायतका सामग्री अस्पतालमा सहयोग गरेको नेपाल औषधी व्यवसायी संघ गुल्मीका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ गुल्मी अध्यक्ष महेश कुमार श्रेष्ठ, गुल्मी अस्पतालमा मेसु डाक्टर उत्तम पच्या, नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेश सदस्य कमलप्रसाद पाण्डे, नेपाल औषधी व्यवसायी संघ गुल्मीका संस्थापक अध्यक्ष शेरबहादुर थापा, उपाध्यक्ष पर्सुराम पाण्डे, महासचिब गगेशप्रसाद श्रेष्ठ , सचिब अन्नत अधिकारी, कोषध्यक्ष पार्वता थापा, सहकोषाध्यक्ष जेएन वेल्वासे, सदस्य हेमु पाण्डे उदासी, सल्लाकार चुडामण्डी पन्थी, सदस्य जयप्रकाश श्रेष्ठ, लगायतको उपस्थितमा कार्यक्रम गरिएको थियो

SHARE