धुर्कोटका कुवरको दुवै मृगौला खराब भएपछि उपचारमा आर्थीक अभाव

0
283

असार ८ गुल्मी ।

दुवै मृगौला फेल भएपछि धुर्कोट गाउँपालिका १ का एक युवकले उपचारको लागि सहयोगको याचना गरेका छ्न । धुर्कोट गाउँपालिका (१ नयाँगाउँ खाल चौरका ३७ वर्षिय भिमबहादुर कुवरको दुवै मृगौला खराब भएपछि उपचारको लागि आर्थीक अभाव देखापरेको छ ।

मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको पीडितका बुवा प्रेमबहादुर कुँवरले बताउनु भएको छ ।

मृगौला पिडित भिमबहादुरले उपचारमा सहयोग गरेर आफ्नो ज्यान बचाइदिन याचना गर्नुभएको छ । आर्थिक अभावले उपचार गर्न समस्या भएपछि मृगौला रोगबाट पीडित कुँवर र उनका आफन्तले सहयोगको याचना गरेका हुन । पीडितको परिवारका अनुसार चिकित्सकले उहाको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् ।

भिमबहादुरलाई उपचारको लागि तम्घास लगिएको मा त्यहा उपचार असम्भव भएपछि बुटवल रिफर गरिएको थियो । बुटवलको गौतमवुद्द मुटु अस्पतालमा चेक अफ पश्चात् ३ दिन आइसियुमा राखीएको थियो । अस्पतालले भिमबहादुरको उपचारको लागि ४५ हजार धरौटी रकम माग गरेको थियो । रकम अभावको कारण परिवारले मृगौला पिडित कुवरलाई घर फर्काएको पिडितका बुवा कुवरले बताउनु भयो ।

मृगौला प्रत्यारोपणमा धेरै खर्च लाग्ने भएकाले आफूले खर्च व्यहोर्न सक्ने अवस्था नरहेको आमा विस्नु कुवरले गुनासो गर्नुभयो ।
डाक्टरले स्वास्थ्यमा थप जटिलता आउन नदिन जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको पीडितका आफन्तको भनाइ छ ।

गरिबीका कारण परिवारले थप उपचार गराउनसक्ने अवस्था नभएपछि भिमबहादुर जीवन र मरणको दोसाँधमा हुनुहुन्छ। पिडित भिमबहादुरका १ छोरा र १ छोरी छन । उहाँ यसअघि भारतको फरिदवादमा काम गर्दै आउनुभएको थियो । उहाँलाई सहयोग गर्नको लागि मोबाईल नं। ९८६९८४६६४४ र ९८६०९६२४३१ मा फोन गरि सहयोग गर्न सकिने भिमबहादुर बचाउ अभियानमा लाग्नु भएका स्थानिय सुवास पान्डेले जानकारी दिनुभयो ।

क्जबचभ तजष्कस्

SHARE