असार १५ गतेसम्म गुल्मीमा निषेधाज्ञा थप

0
309
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

असार७,२०७८गुल्मीः गुल्मीमा निषेधाज्ञाको समय अबधि थप गरिएको छ ।
जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले आगामी असार १५ गते सम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
निषेधाज्ञाको समय अबधिभर सम्पुर्ण पसलहरु दिउँसो २ बजेसम्म संचालन गर्न पाउनेछन् । यस्तै बैङक बित्तिय संस्थाहरु कार्यालय समय अबिधमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी संचालनमा रहनेछन् ।
जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु ,सार्वजनिक यातायात भने संचालनमा पुर्ण रुपमा रोक लगाइएको छ । यो निर्णय असार ८ गतेदेखी लागु हुने जिल्ला प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको निषेधाज्ञालाई कसैले अबज्ञा गरे कोभिड १९ संकट ब्यबस्थापन सम्बन्धमा ब्यबस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
जिल्लामा अहिले १९६ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमणका कारण ८९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE