गुल्मीमा दूई हजार सात सय ६९ जना संक्रमित निको भए

0
236

असार ६,२०७८ गुल्मीः गुल्मीमा दुई हजार सात सय ६९जना संक्रमित निको भएका छन् ।
जिल्लामा कुल तीन हजार १३१ जना संक्रमितहरु मध्ये दुई हजार सात सय ६९जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २७३जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जिल्लामा संक्रमणका कारण ९० जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा ३९ वटा एम्बुलेन्स जुनसुकै बेला पनि अत्याबश्क सेवाका लागि तषरी अबस्थामा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा यहि असार ७ गते सम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी राखेको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द छन् । प्रशासनले जारी गरेको निषेधाज्ञाको अबज्ञा गरे कडा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

SHARE