गुल्मी कारागारका बन्दीहरुलाई खेलकुद सहित स्वास्थ्य सामग्री प्रदान

0
275

असार५,२०७८गुल्मीः गुल्मी कारागारमा रहेका कैदिहरुलाई खेलकुद र स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ । गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका (६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय ममतामयी माता पशुपति कुँवरको सम्झनामा कारागारका बन्दीहरुलाई ५०० पिस सर्जिकल मास्क,५ लिटर सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंग गुल्मीका उपाध्यक्ष रेशम कुँवरले जानकारी दिए।

यस्तै बन्दीहरुलाई व्याटमिन्टन ४ पिस, लुडो खेल सेट ४ , चेस १ सेट, व्याटमिन्टन कक १ डव्वा, भलिबल १ सेट, बल भर्ने पम्प १ सेट लगाएतका सामग्री हस्ताणतरण गरिएको कुँवरले बताए ।

नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बन्दिलाई स्वास्थ्य सामग्री र खेलकुद सामाग्रि हस्तान्तरण गर्दै “ कोरोना भाइरसका कारण विश्व नै आक्रन्त भैरहेको यस दुखद घडिमा कसैको पनि नजर जान नसकेको समयमा जिल्ला कारागारका बन्दीलाई बिदेशमा भए पनि सम्झिएर पुण्य काम गरेकोमा” धन्यवाद व्यक्त गरे ।

त्यस्तै बन्दीलाई स्वास्थ्य सामाग्रि र खेलकुद सामाग्री हस्तान्तरण गरेकोमा जिल्ला कारागार गुल्मीका बन्दी ९नाइके० यमबहादुर सुर्यवंसिले रामचन्द्र कुँवर र हस्तान्तरण गर्ने नेपाली कांग्रेस गुल्मीलाई धन्यवाद दिएका छन ।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, उपसभापति बिष्णु बलाल, सचिव खिलध्वज पन्थी पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवर, सह सचिव तेजेन्द्र श्रेष्ठ, कार्य समिति सदस्य रमेश विस्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

SHARE