डा। चन्द्र भण्डारीद्धारा गुल्मी अस्पताललाई स्वास्थ्य सामग्री

0
190

सूर्य सुनार
असार३,२०७८गुल्मी :नेपाली कांगे्रश केन्द्रिय सदस्य डा। चन्द्र भण्डारीले गुल्मी अस्पतालमा स्वास्थ्यकर्मीलाई पिपिइ सहयोग गरेका छन् ।
विहीबार नेपाली कांगे्रशका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले गुल्मी अस्पतालका मेसु डा। उत्तम पच्यालाई एक कार्यक्रमका विच स्वास्थ्य सामग्रीहस्तान्तरण गरेका हुन् । नेपाली कांगे्रश केन्द्रिय सदस्य डा। चन्द्र भण्डारीले गुल्मी अस्पतालमा कोरोना संक्रमित बिरामीलाई उपचार गर्न अग्रपंतिमा रहेका काम गर्ने स्वास्थ्यकर्मीहरुलाई १० थान पिपिइ सहयोग गरेका हुन् ।
नेपाली कागे्रश गुल्मीका सचिब खिल्ध्वज पन्थीले कोरोनाको विपत्तमा नेपाली कांगे्रशले जिल्लाका विभिन्न ठाउँमा सहयोग गरेको बताए । बिरामीको उपचारको लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्थ कर्मीको जिवन रक्षाको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । नेपाली कांगे्रश सत्तामा नहुदाँ पनि सदै जनताको जिवन रक्षा गर्न लागि परेको उनले बताए ।
साथै पिपिइ सहयोग गर्नुभएका डा।भण्डारीलाई उनले धन्यवाद दिए ।
नेपाली कांगे्रश गुल्मीले जिल्लाका विभिन्न ठाउँमा यस भन्दा अघि पनि स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।

SHARE