लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सम्पन्न

0
330

बसन्त श्रेष्ठ छापेली
३ असार २०७८
अर्घाखाँची : लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सन्धिखर्क नगरपालिकामा सम्पन्न भएको छ ।
प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा डेक नेपाल बाकेको सहयोगमा सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधी र महिला वालवालिका शाखा लगायतका सरोकारवालाहरुको बीचमा कार्यशाला सम्पन्न भएका थियो । कार्यक्रममा लैङ्गिक समानता तथा समाजिक समावेशीकरण, लैङ्गिक उत्तरदायी बजेट, योजनामा समावेशीता, योजना मूल्यांकन लगायतका बिषयमा छफल गरिएको थियो ।
कार्यशालामा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल प्रसाद भुसालले कार्याशालाबाट उठेका सवाल तथा सुझावको कार्यान्वयन गर्दे लगिने प्रतिबद्धता जनाउनुभयो । भुसालले नगरपालिकाले सबै बर्ग तथा समुदाय र सम्प्रदायको मुद्धामा सम्बेदनशील रहेको पनि बताउनुभएको थियो ।
नगरउपप्रमुख ठाकुर कुमा बि.कले कार्यशालामा उठेका महत्वपूर्ण सवाल र हालको अवस्थाको दस्ताबेजीकरण गरेमा नगरपालिकाको दीर्घकालिन सम्बृद्धिका लागि महत्वपूर्ण फाइदा पुग्ने बताउनुभएको थियो । बि.कले लैङ्गिक समानता तथा समाजिक समावेशीकरणलाई अबलम्बन गरेर अगाढि बढ्ने बताउनुभएको थियो ।
कार्यक्रममा संस्थका हेमकुमार राउतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय अपांगता महासंघका लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत गोमा पन्थी र डेक नेपालका पुनिता पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

SHARE