हेल्थ फाउण्डेशन नेपालद्धारा रेसुङ्गा नगरपालिकामा कोरोना परीक्षण

0
279

सूर्य सुनार
जेठ३१,२०७८गुल्मी :हेल्थ फाउण्डेशन नेपालले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका बिभिन्न वडामा कोरोनाका लक्षण देखिएकाको एन्टिजेन परीक्षण गरेको छ ।
रेसुङ्गा नगरपालिकाको वडा नम्बर १ मा जेष्ठ ३० गते आइतबार भगवती मन्दिर देखि परीक्षण सुरु गरेको हो । आज वडा नम्बर २ को वडा कार्यालयमा एन्टिजेन परीक्षण गरिएको हो ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले हेल्थ फाउण्डेशन नेपालले समुदाय स्तरमा आएर कोरोना परीक्षण गरेको काम प्रति धन्यवाद व्यक्त गरे । रेसुङ्गा नगरपालिकामा एन्टिजेन परीक्षण गर्न सहयोग गर्ने सबैमा नगरप्रमुख भुसालले धन्यवाद दिए ।
रेसुङ्गा नगरपालिकामा सदरमुकाम भएको हुदाँ पनि यहाँ संक्रमण दर बढि हुने भएकाले सबैले कोरोना परिक्षण गर्न नगरप्रमुख भुसालले नगरबासीलाई आग्रह गरे । नगरपालिकाको वडा नम्बर १, २, कोरोना परीक्षण गरिएको र ७, ८, र ९ मा पनि क्रमश परिक्षण गर्दै जाने नगरप्रमुख भुसालले बताए ।
रेसुङ्गा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उदयबहादुर थापाले आफ्नो वडामा आएर जनताको जिवन रक्षा गर्ने उद्येश्यले कोरोना परीक्षण गरेकोमा हेल्थ फाउण्डेशन नेपाललाई धन्यवाद व्यक्त गरे।
गुल्मी अस्पताल र रेसुङ्गा नगरपालिकाको सहकार्यमा हेल्थ फाउण्डेशन नेपालले समुदाय स्तरमा कोरोना संक्रमणको रोगथाम गर्न सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हेल्थ फाउण्डेशन नेपाल अमेरिकाकी निर्देशक विनिता अधिकारीले बताइन् ।
गुल्मी अस्पतालका ल्याब टेक्नीशियन नवराज मरासिनीले समुदाय स्तरमा कोरोना परीक्षण गर्दा एन्टिजेन परीक्षणले राम्रो हुने बताए ।
हेल्थ फाउण्डेशन नेपालले रेसुङ्गा नगरपालिका वडा नम्बर १ मा ५३ जनाको कोरोना परीक्षण गरिसकेको छ । सोमबार वडा नम्बर २ मा ४६ जनाको परीक्षण गरिएको हो । जसमा ३ जना पोजेटिभ आएका छन् ।

SHARE