असार ७ गतेसम्म गुल्मीमा निषेधाज्ञा थप

0
89

गिता पाण्डे
जेठ३१,२०७८गुल्मीः गुल्मीमा निषेधाज्ञाको समय अबधि थप गरिएको छ ।
जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले आगामी असार ७ गते सम्मका लागी निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
निषेधाज्ञाको समय अबधिभर बिहान ७ बजेदेखी ११ बजेसम्म खाद्यन्न पसल, फलफुल,तरकारी ,माछामासु ,पशुपन्छीका दाना ,निर्माण सामग्री,पेट्रोलियम पदार्थ, दुध पानी ,ग्यास,स्टेशनरी तथा पुस्तक पसलहरु ११ बजेसम्म संचालन गर्न पाउने छन् ।
यस्तै बैङक वित्तिय संस्था ,सहकारी, वीमा कम्पनीहरु पनि बिहान ७ बजेदेखी ११ बजेसम्म संचालनमा हनेछन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको निषेधाज्ञालाई कसैले अबज्ञा गरे कोभिड १९ संकट ब्यबस्थापन सम्बन्धमा ब्यबस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
जिल्लामा अहिले ४१२ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमणका कारण ८९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE