नेपाली काँग्रेसद्धारा गुल्मीमा स्वास्थ्य सामग्री सहयोग

0
243

सूर्य सुनार
जेठ२९,२०७८गुल्मीःदेश नै अहिले कोरोना महामारीको महा विपद्मा छ ।
महामारीको अवस्थामा जनतालाई साथ दिन नेपाली कांगे्रश केन्द्रीय नेता डा। चन्द्र भण्डारीको पहलमा गाउँ गाउँ र टोल टोलमा पुग्ने अभियान संचालन गर्नुभएको छ । त्यस्तै नेता भण्डारीको पहलमा गुल्मी क्षेत्र नम्बर १ र २ का सबै स्वास्थ्य संस्था देखी गाउँ गाउँमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले गुल्मी क्षेत्र नम्बर २ का स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीपठाएका हुन् । कोरोनाका कारण धेरैले ज्यान गुमाउनु परेको र धेरै सङक्रमीत भै हस्पिटलको शैयामा छट्पटाई रहेको यो संकटको घडीमा थोरै भए पनि मलम लगाउँन सकिन्छ कि भनेर स्वास्थ्य संस्थामा स्वास्थ्यसामाग्री अभावमा कुनै व्याक्तिले ज्यान गुमाउन नपरोस र स्वास्थ्यकर्मीले जोखिम मोल्न नपरोस भनेर डा। चन्द्र भण्डारीले स्वास्थ्यसामाग्री पठाएको नेपाली कागे्रशका क्षेत्र नम्बर १ का सचिव सन्तोष गौतमले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले गुल्मी क्षेत्र नम्बर २ का सबै वडाहरुमा स्वास्थ्य सामग्री पठाउनुभएको होे । जसमा ४० हजार मास्क, ५ लिटरका ४० गेलिन सेनिटाइजर र ४० वडा पल्सअक्सिमिटर सहयोग गरिएको हो । नेपाली कागे्रशका क्षेत्र नम्बर १ का सबै वडाहरुमा पनि स्वास्थ्य सामग्री वितरण गरिसकिएको छ ।
नेपाली कांगे्रशका नेता डा। भण्डारीले गुल्मी क्षेत्र नम्बर २ का सबै वडाहरुमा स्वास्थ्य सामग्री पठाई सहयोग गरेकोमा जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठले धन्यवाद दिए ।
जनताको जिवन रक्षा गर्न नेता भण्डारीले थोरै भएपनि सहयोग गरेकोमा जनता संग कांगे्रश पाटी संगै छ भने कुरा पुष्टि भएको उहाँले बताए । जिल्लामा ठूला विपत्त आइपर्दा कांगे्रश पाटी सधै जनता संग सहकार्य भई अघि बढेको श्रेष्ठले उल्लेख गरे । कोरोना नियन्त्रण गर्न सरकारले ध्यान नदिएर जनताको जीवनसंग ख्यालवाड गरेको आरोप लगाए ।
कोरोना भाइरस विशेष गरी पछिल्लो समय समुदाय स्तरमा फैलिएको हुदाँ जनताले स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गर्नुपर्ने जिल्ला पाटी सचिब खिल्ध्वज पन्थीले बताए । कोरोना भाइरसलाई कसैले पनि सामान्य नठान्न आग्रह गरे ।
नेपाली कांगे्रशले जिल्लामा ठूला विपत्तमा जनता संग सदै सहकार्य गरी काम गरेको पन्थीले बताए । वडाका विपन्न वर्गलाई विशेष प्रथामिकतामा राखेका स्वास्थ्य सामग्री वितरण गर्न वडा सभापतिलाई पन्थीले निर्देशन समेत दिए ।
स्वास्थ्य सामग्री वितरण गर्न जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठ, सचिब खिल्ध्वज पन्थी, नेपाली कागे्रशका क्षेत्र नम्बर १ का सचिव सन्तोष गौतम, कांगे्रश नेता लोकप्रसाद खरेल, कालीगण्डकी सहसंयोजक अशोक ठकुरी, मालिकाका छाया सरकार प्रमुख उपेन्द्र अर्याल सहितको टोलीले स्वास्थ्य सामग्री वितरण गर्न गएको थियो ।

SHARE