गुल्मीमा एक पुरुष मृत फेला

0
20

जेठ२७,२०७८गुल्मी :गुल्मीमा एक पुरुषको शव फेला परेको छ। इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुर विक्रम कुँवर बिहिबार बिहान मृतावस्थामा भेटिएका हुन।

कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए।

SHARE