कोरोना राहत कोषमा ग्लोबल आइएमइ लघुवित्तको २५ हजार सहयोग

0
9

हुमाकान्त पोखरेल
गुल्मी, २७ जेठ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थ लिमिटेडले छत्रकोट गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ ।
संस्थाको गुल्मीको छत्रकोट गाउँपालिका –५ मा रहेको खज्र्याङ्ग शाखाले गाउँपालिकाले संचालन गरेको कोरोना राहत कोषमा २५ हजार सहयोग गरेको हो । संस्थाका शाखा प्रबन्धक स्वामेन्द्र बुढा क्षेत्रीले गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तलाई बुधबार उक्त रकमको चेक हस्तान्तरण गरे ।
कोरानाले महामारीको रुप लिदैँ गएकोले आफुहरुले सामाजिक उत्तरदायित्वअन्तरगत रकम सहयोग गरेको कर्मचारी सीता क्षेत्रीले बताइन् । गाउँपालिकाका अध्यक्ष पन्तले रकम सहयोग गर्ने ग्लोबल आइएम्ई लघुवित्त वित्तीय संस्था लिमिटेडलाई धन्यवाद् दिए । त्यसका साथै उनले संस्थाले दिएको रकम सही ठाउँमा सही ढङ्गले सदुपयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

SHARE