बँदेलको मासुसहित तीनजना पक्राउ

0
251

जेठ२५,२०७८कञ्चनपुर:शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट जंगली बँदेलको मासुसहित तीनजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनार पक्राउ परेका छन्। उनीहरुले ना १ ख ५७७२ नम्बरको टिपरमा बँदेलको मासु राखेर लाँदै थिए।

पक्राउ परेका तीनैजनामाथि अनुसन्धान सुरु गरेको क्षेत्रीले बताए। टिपरसहित तीनैजनालाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ।

SHARE