स्वास्थ्य चौकी बनाउन वडा अध्यक्षद्धारा निशुल्क जग्गा प्रदान

0
420

गिता पाण्डे
जेठ२३,२०७८गुल्मीः गुल्मीमा स्वास्थ्य चौकी बनाउन एक मनकारी वडा अध्यक्षले निशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर तीनका वडा अध्यक्ष तेजकान्त अर्यालले हर्दिनेटाको स्वास्थ्य चौकी बनाउनका लागी साढे तीन रोपनी जग्गा स्वास्थ्य चौकीको नाममा निशुल्क प्रदान गरेका हुन् ।
वडाका नागरिकहरुले सहज , सरल र नजिकबाटै स्वास्थ्य सेवा लिन सकुन भन्ने उद्येश्यले निशुल्क रुपमा जग्गा प्रदान गरेको वडा अध्यक्ष तेजकान्त अर्यालले जानकारी दिए । आफूले आफनो नाममा रहेको जग्गाको लालपुर्जा स्वास्थ्य चौकीको नाममा नामसारी गरी स्वास्थ्य चौकीलाई लालपुर्जा हस्तान्तरण गरी सकेको उनले बताए ।
स्वास्थ्य चौकी बनाउनका लागी अन्यन्त्र जग्गा पनि नभएको र खरिद गर्नका लागि आर्थिक पनि नभएकाले आफूले निशुल्क जग्गा उपलब्ध गराएको अर्यालले बताए ।
अहिले सो जग्गामा घडेरी सम्याउने र तारजाली भर्ने काम भइरहेको उनले बताए । तत्कालका लागी अर्थ मन्त्रालयबाट प्राप्त १५ लाख रुपियाँको काम भइरहेको र भबन निर्माणका लागी अर्थमन्त्रालमा रकम माग गरिएको र रकम विनीयोजन हुने प्रक्रियामा रहेको अर्यालले बताए ।

SHARE