गुल्मीमा जसले संक्रमितलाई खाना र सुप निशुल्क खुवाउँछन्

0
343

टोपलाल अर्याल
जेठ२३,२०७८गुल्मीः कुनै समय कोभिड १९ संक्रमित हिडेको बाटो अरु हिड्दैनथ्ये । संक्रमितको घर बारे । सक्रमण मुक्त भएपछि पनिलामो समय बोलेनन् । समय फेरिएको छ । अहिले गाउँरशहरमा संक्रमित धेरै भए । कोभिड १९ ले धनी र गरिव भनेन् । त्यसैले संक्रमितले पनि माया पाउन थाले । उनीहरुलाई डाक्टर तथा स्वास्थ्यकर्मीसहित समुदाय र नागरिकले सहयोग गर्न थाले ।
पछिल्लो उदाहरण हो एभरग्रिन पार्टी प्यालेस । जसले जेठ १ गतेबाट गुल्मी अस्पालका कोभिड १९ संक्रमितको लागि दैनिक ३ पटक सुप खुवाउँदै आएका छन् । बिहानमसरुम सुप, दिउँसो चिकेन र साँझ मटन सुप खुवाइदै आएको प्यालेस संचालक झविन्द्र बस्नेतले बताए । बस्नेतले १४ बर्षदेखि होटल व्यावसाय संचालन गरेका छन् । उनले महामारीका बेलाआफुलाई पैसाले पुगेर नभई मानवतामात्रै प्रकट गरेको बताए ।
निशेधाज्ञा हटेपछि पनिगुल्मी अस्पतालमा सुत्केरी हुन आउनेहरुका लागि निशुल्क सुप र ज्वानो पानीको व्यावस्था गर्ने मनसाय बनाएको बस्नेतले बताए । बस्नेत दैनिक ३ पटक सुप बोकेर अस्पताप पुग्छन्् । यो ज्यादै चुनौतिपूर्ण कामहो । उनले जोखिमकैबिच पनिमानवीयताको गत्तिलो उदाहरण प्रस्तुत गरेका छन् ।गुल्मीअस्पतालका कोभिड संक्रमित, कुरुवा र स्वास्थ्यकर्मीहरुलाई सुप खुवाइएको छ ।
संक्रमितकहिलेकाँही २५÷३० जनापनिपुग्ने र कहिले घट्ने भएकाले दैनिक सरदर १५ जनालाई सुप खुवाइएको बस्नेतले बताए । उनले सुरुमा खानापनिखुवाएकाथिए । पछि गुल्मीअस्पतालले संक्रमितलाई खानाखुवाउनथालेपछि आफुले सुप मात्र पुराउनथालेको बस्नेतले बताए । त्यस्तै तम्घासकैलाहुरे बा को भान्सा घर पनिअर्को उदाहरण हो । जसले जेठ १४ गतेबाट गुल्मी अस्पताल र महेन्द्र माविको आइसोलेसनका कोभिड १९ संक्रमति र उपचारमा खटिएका नर्सहरुलाई निशुल्क नास्ता उपलब्ध गराईरहेको छ । अहिले पनिझट्टै कोहिगुल्मी अस्पताल छिर्र्दैनन् । तर, लाहुरे बा को भान्सा घरले संक्रमण अवधिभर खाजाखुवाउने योजनाबनाएको छ । दैनिक १५ देखि २० जनाले निशुल्क खाजा पाइरहेको संचालक सन्तोष क्षेत्रीले जानकारी दिए । उनले हरेकदिनदिउँसो १२ देखि ३ बजे सम्म नास्ता दिने गरेको बताए । खाजाको रुपमा पाउरोटी, ब्रेड, चना, अण्डा र दुघ प्रदान गरिएको छ । आफुहरुले दैनिक फरक–खाजाखुवाउने योजना बनाएको भएपनि धेरैको मागको आधारमा पाउरोटी, ब्रेड, चना, अण्डा र दुघ खुवाउने गरिएको क्षेत्रीले बताए । उनले सम्पतिभन्दामहामारीमाकमाएको धर्मनै सवैभन्दा ठुलो हुने भएकाले आफुहरुले खाजा निशुल्क गरिएको बताए ।
अमेरिकामा रहेका छयानबुटि घले, बिन्द्रा एचश्रेष्ठ घले, चन्द्र बहादुर क्षेत्री, दिपक क्षेत्री, मायादेवि क्षेत्री, चन्द्र खत्री, सन्तोष क्षेत्री, खड्ग क्षेत्री, कमल क्षेत्री, राधिका भण्डारी क्षेत्री, चन्द्र शंकर केसी र राधिका भण्डारी क्षेत्रीको पहलमा खाना निशुल्क गरिएको हो ।
क्षेत्री परिवारले र उहाँको छोरी तथा नातिनीको तर्फबाट केहि समय अगाडी १३ लिटरको अक्सिजन कन्सन्टेटर प्रदान गरेको थियो । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले दुई मनकारी परिवारको असलकर्मले अस्पताल परिवारसंगै सक्रमितहरु अत्यन्तै खुसी भएको बताए ।
उनले महामारीमाधनर सम्पतिले सम्पन्न परिवारको एक नजर र बचन समेत नपाएको अवस्थामामध्यम परिवारहरुको सहयोग र सद्भावनिकै उदाहरणीय भएको बताए । ‘महामारीको चपेटमा परिवारले समेत खुलेर बिरामीको हेरचाह गर्दैनन । तर, दुई सहयोगी परिवार भगवान बनेका छन्,’उनले भने,‘मन ठुलो हो, सम्पति केहि होइन् ।’

SHARE