अमेरिकामा रहेका बर्दियाबासीले कोभिड अस्पताललाई साढे १२ लाख सहयोग गरे

0
475

जेठ२२,२०७८बर्दिया :अमेरिकामा रहेका नेपालीहरूले कोभिड अस्पताललाई झण्डै १३ लाख रुपैयाँ सहयोग गरेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका घर भई हाल अमेरिकामा बस्ने ६ परिवारका व्यक्तिहरूले कोरोनाका बिरामीका लागि सहयोग पुग्ने अपेक्षासहित १२ लाख ५५ हजार ५० रुपैयाँ कोभिड अस्पताललाई सहयोग गरेका हुन्।

ठाकुरबाबा नगरपालिकाले रानीपुरमा सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालका लागि ३ वटा आइसियु बेड खरिद गर्न सहयोग रुप उक्त रकम उपलव्ध गराएको जनाइएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका १ घर भई अहिले युएसए बस्ने छबिलाल लामिछाने र यसोदा लामिछानेले आइसियु बेड खरिदका लागि ६ लाख ११ हजार ४ सय रुपैया, वडा नम्बर ८ का देबिराम शर्मा र रमा कुमारी शर्माले १ लाख १३ हजार रुपैया, वडा नम्बर ३ घर भएकी दीपा शर्माले १ लाख १३ हजार रुपैयाँ सहयोगस्वरूप उपलब्ध गराएको जनाइएको छ।

यस्तै, ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ घर भई हाल युएसए बस्ने जोहन ढकाल र रचना ढकालले २ लाख ८२ हजार ५ सय रुपैयाँ, वडा नम्बर २ बलातिका टीका गौतम र गोमा गौतमले १ लाख १३ हजार रुपैयाँ र वडा नम्बर ७ का भुपेन्द्र ढकाल र प्रशंसा ढकालले २२ हजार ६ सय रुपैयाँ गरी १२ लाख ५५ हजार ५ सय रकम उपलव्ध गराएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए।

SHARE