रेडक्रसद्वारा इस्मा कोभिड अस्पताललाई अक्सिजन कन्सनटेटर प्रदान

0
287

जेठ२२,२०७८गुल्मीःनेपाल रेडक्रस सोसाइटी गुल्मीले कोभिड(१९ अस्पताल इस्मालाई एक थान कन्सनटेटर प्रदान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लालबहादुर कुवरले कन्सन्टेटर गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट मार्फत कोभिड(१९ अस्पताल प्रमुख डा। निश्चल शर्मालाई प्रदान गरे ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले जिल्ला शाखालाई २ थान कन्सनटेटर र स्वास्थ्य सुरक्षाका महत्त्वपूर्ण सामग्री बितरण गरेको थियो । गाउँपालिका प्रमुख बिष्टले जिल्लामा २ थान मात्र अक्सिजन कन्सन्टेटर आउदा पनि इस्मालाई सम्झिएकोमा रेडक्रस गुल्मी र समन्वय गर्ने सबैलाई धन्यवाद दिए । साथै उनले हरेक बिपदमा रेडक्रसबाट इस्माले पाउदै आएको सहयोगले आगामी दिनमा पनि निरन्तरता पाउने आशा ब्यक्त गरे ।
बिष्टले नेपाल रेडक्रस सोसाइटीमा वडागत उपशाखाहरुमा पनि जिल्लाबाट प्राप्त स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरे । जिल्ला शाखाबाट उपशाखामा प्रदान गरिएका माक्स, सेनिटाइजर, साबुन लगायतका सामग्री पनि स्वास्थ्यचौकीहरुमा बितरण गरिने नेपाल रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लाल बहादुर कुवरले जानकारी दिए ।
उनले इस्मामा सक्रमण पनि उच्च र कोभिड अस्पतालमा पनि थुप्रैको उपचार भएकाले आवश्यकताकै आधारमा अक्सिजन कन्सनटेटेर माग गरिएको बताए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दोहली उपशाखाका कोषाध्यक्ष कृष्ण रिजालको अध्यक्षता, गाउँपालिका प्रमुख बिष्टको प्रमुख आतिथ्यता र रेडक्रस हस्तिचौर सभापति शेर बहादुर कुवरको संचालनमा सम्पन्न भएको थियो ।

SHARE