
जेठ२२,२०७८ : डिभाइन युथ क्लव नेपालले कोभिड१९भ्रम र यथार्थ अनलाईन परामर्श कार्यत्रम आयोजना गर्ने भएको छ।
शनिवार दिंउसो ३ बजेबाट जुम मार्फत सन्चालन हुने उक्त कार्यक्रममा कोभिड१९ सम्वन्धी सचेतनामुलक प्रश्तुतीकरण,परामर्श एवं सहभागीका जिज्ञासा क्लवमाआवद्ध मेडिकल टिमका डाक्टरहरुमार्फत समाधान गर्ने गरी कार्यक्रम तय भएको क्लवले जनाएको छ।
जुमलिंक र थपजानकारीको लागि क्लवको फेजबुक पेजमा इभेन्ट बनाइएको समेत क्लवले जनाएको छ।
ठुला शहरी क्षेत्र भन्दा पनी ग्रमीण क्षेत्रमा परामर्शको आवश्यकता देखिएको भन्दै क्लवले यस अघी सात वटै प्रदेशमा प्रदेशस्तरीय निशुल्क कोभिड१९ परामर्श कार्यक्रम सम्पन्न गरी सकेकोछ। यस कार्यक्रममा पनि ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरुलाई बढि प्राथमिकता दिने गरी प्रचार प्रसार गरीएको क्लवले जनाएको छ।
सामाजिक सेवा र अध्यात्मिक जागरणको क्षेत्रमा क्रियाशिल श्री राधामाधव समिति नेपाल अन्तर्गतको क्लवले कार्यक्रममा मानसिक स्वस्थ्यलाई पनि प्रथमीकतामा राखी मानसिकरुपमा स्वस्थ्य रहने गर्न सकिने केहि व्यवहारिक अभ्यास समेत गराउने जनाएको छ।
थपजानकारीकोलागि
+9779849215189,+9779846149639, +9779856040367,+977-01-6630270
फेसबुकपेज: https://bit.ly/3wV784v








