गुल्मीमा निषेधाज्ञाको अबज्ञा गरी चलाएका १५० सवारी साधन नियन्त्रणमा

0
264
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

गिता पाण्डे
जेठ२१,२०७८गुल्मीःगुल्मीमा निषेधाज्ञाको अबज्ञा गरी चलाएका १५० वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सदरमुकाम तम्घास लगायत बिभिन्न स्थानबाट १३५ वटा मोटरसाइकल र १५वटा जीपलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए । नियन्त्रणमा लिएका सवारी साधनहरुबाट करिब नौ हजार जरिवाना गरिएको र सवारी साधनहरुलाई सम्झाइ बुझाई कानुनी प्रक्रिया पुरा गरी छाडिएको आचार्यले बताए ।
गुल्मीमा निषेधाज्ञा समय जेठ २५ गतेसम्म जारी गरिएको छ । निषेधाज्ञाको अवज्ञा गर्ने जो कोहीलाई पनि कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६१२ जना रहेको र ८३ जनाको संक्रमणका कारण ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE