गुल्मीमा बिहीबार ५८ जनाकोरोना मुक्त ,हालसम्म एक हजार ७५५ जना निको भए

0
211

जेठ २०,२०७८ गुल्मीः गुल्मीमा बिहीबार ५८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित गुल्मीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार सात सय ५५ पुगेको स्वास्थ्य कार्यालयले गुल्मीले जनाएको छ । अहिले गुल्मीमा छ सय १२ सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५२ जनाको पीसीआर र छ जनाको एन्टिजेन गरि ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १६० जनामा गरिएको कुल परीक्षणमध्ये ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा धेरै जिल्लाको रुरुक्षेत्र गाउपालिकामा २६ जना,रेसुङ्गा नगरपालिकामा ६ जना, मदाने गाउँपालिकामा १ जना, धुर्कोट गाउँपालिकामा १ जना,कालिगण्डकी गाउँपालिकामा १ जना,सत्यवती गाउँपालिकामा १ जना, चन्द्रकोट गाउँपालिकामा २० जना,इस्मा गाउँपालिकामा १ जना गरि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ६१२ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ज्यान गुमाउने को संख्या शुन्य रहेसंगै कोरोना सङ्क्रमणका कारण आजसम्म गुल्मीमा ८२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।

SHARE