मदानेका युवाहरुले दिए विपन्न परिवारलाई खाद्यान्न

0
341

हुमाकान्त पोखरेल
जेठ२०,२०७८गुल्मीः गुल्मीको मदाने गाउँपालिका –६ पुर्कोट दहका युवाहरुले विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान गरेका छन् ।
युवाहरुले म्यासेन्जरमा ‘परोपकारी मनहरु पुर्कोट’ नामको ग्रुप बनाई त्यसैबाट संकलन भएको रकमबाट राहत प्रदान गरेका हुन् । उनीहरुले १६, र १८ गते दुई दिन ४९ जनाको घरसम्मै पुगेर चामल, तेल, दाल, नुन लगायतका खाद्य सामग्री प्रदान गरेको अभियान्ता महेश कुँवरले जानकारी दिए ।
उनका अनुसार चार जनाभन्दा बढी परिवार सङ्ख्या भएका १६ परिवारको लागि ५०÷५० किलो चामल, तेल, नुन र दाल दुई÷दुई किलो प्रदान गरिएको छ । त्यस्तै चार जनाभन्दा कम परिवार सङ्ख्या भएका २२ परिवारको लागि ३०÷३० किलोको चामल, तथा नुन, तेल र दाल दुई÷दुई किलो वितरण गरिएको छ भने ११ परिवारलाई २५÷२५ किलो चामल तथा तेल, नुन र दाल दुई÷दुई किलो प्रदान गरिएको छ ।
अभियान्ता कुँवरले युवाहरुको सक्रियतामा संकलन भएको एक लाख ५० हजार भन्दा बढी रकमले उक्त खाद्यान्न प्रदान गरिएको बताए । उनले समाजप्रति आफुहरुको दायित्व सम्झेर लकडाउनमा ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने विपन्न परिवारको लागि खाद्य सामग्री उपलब्ध गराएको बताए ।

SHARE