स्वर्गीय पति र छोराको सम्झनामा गुल्मी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

0
428

जेठ २०,२०७८ गुल्मी :जिल्लाको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बिहीबार नेपाल पत्रकार महासंघ गुल्मी शाखा मार्फत स्वास्थ्य सामग्री अस्पतालका प्रमुख डा। उत्तम पच्यालाई हस्तान्तरण गरिएको हो ।

रेसुङ्गा नगरपालिका वडा नं। ४ स्थायी घर भइ हाल इङ्ल्याण्डमा रहेकी सीता थापाले स्व।पति भोजेन्द्र बिक्रम थापा र स्व।छोरा राम थापाको सम्झनामा सेन्टाइजर ३ सय थान र एक हजार थान सर्जिकल गोलोप्स उपलब्ध गराएकी हुन् । त्यस्तै सम्झना कार्कीले स्व।भाई धनिराम थापाको सम्झनामा ३ हजार थान सर्जिकल मास्क उपलब्ध गराएकी हुन् ।

रेसुङ्गा नगरपालिका वडा नं। २ का वडा अध्यक्ष उदय थापा, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुँवर, पत्रकार शिव सुवेदी, समाजसेवी पार्वती थापा लगायतको उपस्थिति रहेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको सन्चालन समाजसेवी शेरबहादुर थापाले गरेका हुन् ।

SHARE