गुल्मीमा थप ७९ जनामा संक्रमण पुष्टि, ७२ जना निको भए

0
26

केशब गौतम
जेठ१९,२०७८गुल्मीः गुल्मीमा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार बितेको २४ घण्टामा ७९ संक्रमित देखिएका छन्। जिल्लाको रेसुङा नगरपालिकामा ३० जना,मुसिकोट नगरपालिकामा १५ जना, मदाने गाउँपालिकामा १ जना, धुर्कोट गाउँपालिकामा ९ जना, गुल्मीदरबार गाउँपालिकामा ६ जना,सत्यवती गाउँपालिकामा २ जना, चन्द्रकोट गाउँपालिकामा ३ जना,इस्मा गाउँपालिकामा २ जना,रुरुक्षेत्र गाउँपालिकामा ७ जना र छत्रकोट गाउँपालिकामा ४ जना गरि ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ६१३ पुगेको छ।

गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। जिल्लाको रेसुङा नगरपालिका वडा नम्बर १४ का ५३ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएसंगै कोरोनाका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८२ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार ६९७ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

SHARE