गोरु काटेको आरोपमा गुल्मीमा तीन जना पक्राउ

0
223
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

जेठ१९,२०७८ गुल्मीः गुल्मीमा गोरु काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर दुई पाटा खर्कको एक गोठमा बाधेर राखेका एक हल गोरुलाई टाउकोमा घनले हानी भुँडी काटी पित्त निकालेको आरोपमा बुधबार प्रहरीले तीन जनालाई प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा सोही स्थानका १९ बर्षका लोकेन्द्र बोहोरा र अन्य दुई जना १५ बर्ष मुनीका बालक रहेकाले उनीहरुको नाम गोप्य राखीएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरुलाई बुधबार बिहान पक्राउ गरी ल्याइएको र मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीेले जनाएको छ ।

SHARE