लुम्बिनी प्रदेश रेडक्रसद्धारा जिल्ला शाखा र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

0
441

जेठ१९,२०७८ गुल्मीःनेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघ गुल्मीलाई पाँच सय थान सर्जिकल मास्क प्रदान गरेको छ ।
बुधबार नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिब कृष्ण पंगेनीले नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याललाई मास्क हस्तान्तरण गरेका हुन् ।
माहामारीको समयमा फ्रन्ट लाइनमा रहेर काम गर्ने पत्रकारहरुलाई सानो भए पनि सहयोग गरौँ भन्ने उद्येश्यले मास्क हस्तान्तरण गरिएको महासचिब कृष्ण पंगेनीले बताए । पंगेनीले नेपाल पत्रकार महासंघ गुल्मीले चलाएको अक्सिजन प्लान्टको अभियान देशकै नमुना रहेको भन्दै खुलेरै प्रशंसा गरे।
यता नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अर्यालले माहामारीको समयमा पत्रकारहरुलाई पनि स्वास्थ्य सामग्री पद्रान गरेको धन्यबाद दिए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी प्रदेशले गुल्मी शाखालाई ४० थान पीपीई, ५०० थान एन नाइटीफाइब मास्क,२० हजार सर्जिकल मास्क,५ थान डेथबोडी ब्याग र २ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको छ ।
यस्तै प्रदेशबाट प्राप्त ५०० थान सर्जिकल मास्क गुमी शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठ र प्रदेश महासचिब पंगेनीले जिल्ला कारागारका कैदीहरुलाई प्रदान गरेका छन् ।
जिल्लामा प्राप्त स्वास्थ्य सामग्रीहरु जिल्ला अन्र्तगतका शाखाहरुलाई प्रदान गरिने श्रेष्ठले बताए ।

SHARE