गुल्मीमा संक्रमणका कारण उप -प्राध्यपकको मृत्यु

0
34

जेठ१९,२०७८ गुल्मीः गुल्मीमा संक्रमणका कारण उप-प्राध्यपकको मृत्यु भएको छ ।
जिल्लाको रेसुङगा बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा रेसुङगा नगरपालिका वडा नम्बर एकका ५४ बर्षीय कुन्जरमणी गौतमको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गए राती मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
गत बैशाख २१ गते उनमा संक्रमण पुष्टि भएको थियो । उनी २७ गते गुल्मी अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा थप समस्या आएपछि ३० गते हेलीकोप्टर मार्फत चितवन मेडिकल कलेजमा लगिएको थियो ।
यो संगै जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२ पुगेको छ । जिल्लामा अहिले ६०७ जना सक्रिय संक्रमित रहेका छन् भने एक हजार ६२५ जना संक्रमित निको भएका छन् ।

SHARE