गुल्मीमा कलिलो उन्नत जातको घाँस खुवाउदा ११ बाख्रा मरे, ३० बिरामी

0
1115

जेठ१८,२०७८ गुल्मीः गुल्मीमा कलिलो अवस्थाको उन्नत जातको घाँस खुवाउदा ११ वटा माउ बाख्रा मरेका छन् ।
जिल्लाको चन्द्रकोट गाउँपालिका –७ रुपाकोटको सिद्धेश्वर बाख्रा फर्मका जमुनापारी र बोयर जातका बाख्रा मरेका हुन् । लगातार तीन सम्म परेको बर्षाका कारण बाख्रालाई उन्नत जातको नेपियर , सुडान जातको कलिलो अबस्थाको घाँस खुवाइएको र त्यस पश्चात बाख्रा बिरामी परेको संचालक महाशर्मा भण्डारीले बताए ।
घाँस खुवाएको एकदिनपछि बाख्रा एक्कासी बिरामी परेको र सोमबार साँझ ११ वटा बाख्रा मरेको भण्डारीले बताए । कलिलो घाँस खुवाएपछि सोही फर्मका अन्य ३० बाख्रा भने बिरामी परेका छन् ।
बिरामी बाख्रालाई आवश्यक औषधी गरिएको र अवस्था सुधारात्मक रहेको चन्द्रकोट गाउँपालिकाका पशु शाखा संयोजक इश्वरीप्रसाद वलीले जानकारी दिए ।
भण्डारीको फर्ममा मरेका बाख्राको मुल्य दुई लाख २० हजार भन्दा बढी हुने वलीले बताए । वलीका अनुसार पालुवा घाँसमा रहेको नाइट्रेट र एसियन नामको बिषादी तत्वले गर्दा बाख्रा मरेका हुन् ।

SHARE